झापा / जी सेभेन प्रोडक्सनले चलचित्र ‘डोरी’ निर्माणको घोषणा गरेको छ । यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्न लागेका हुन् ।
यसअघि केही लघु चलचित्र र डकुमेन्ट्री निर्देशन गर्न भ्याइसकेका निर्देशक लामाको फिचर चलचित्रमा भने यो पहिलो डेब्यु हुनेछ ।
यसमा सिद्धार्थ सिंह, सरोज लामिछाने, बिरेन्द्र सिंह, श्रवण क्षेत्री, राज पौडेल, नूतन, राज थापा, मिलन राई, प्रिन्स शेर्पा, विशाल किराती, पूर्ण नेपाली, भीम मगर लगायत कलाकारसँगै निर्देशक लामाको समेत अभिनय रहने छ ।
चलचित्र एक्सन, कमेडी र हररको मिश्रण रहने निर्माण टिमको दाबी छ । निर्माण टिमले चलचित्रका लागि बाँकी कलाकारको समेत खोजी गरिरहेको छ ।






































