एजेन्सी /  बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान  बनाउने घोषणा गरेका छन् ।

निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’ को मुम्बई प्रि– रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital


सलमानका अनुसार सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्र प्रसादले लेख्नेछन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । ‘बजरंगी भाइजान निर्देशक कवीर खान हुन् ।

निर्देशक एसएसलाई उनको फिल्म प्रदर्शनमा साथ दिन सलमान पुग्दा त्यहाँ जुनियर एटी आर, रामचरण, आलिया भट्ट र निर्माता करण जोहरको पनि उपस्थिति थियो ।

कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’ आफ्नो करियरको उत्कृष्ट फिल्म भएको भन्दै लेखक के भीलाई धन्यवाद दिएका थिए । फिल्म ‘बजरंगी भाइजान’ ले एक हनुमान भक्त भारतीय युवकको कथा देखाउँछ ।

जसको भेट एउटा सानो गल्तीले पाकिस्तानबाट भारत आइपुगेकी एक बालिकासँग हुन्छ । फिल्ममा हर्षाली मल्होत्रा, करिना कपूर खान र नवाजुद्धिन सिद्धिकीले अभिनय गरेका छन् ।