काठमाडौं /  नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत महिला खुलातर्फ एक हजार छ सय मतगणना हुँदा डा. डिला सङ्ग्रौलाले एक हजार १४ मत प्राप्त गरेकी छिन् ।

यसैगरी, पुष्पा भुषालले नौ सय ७० मत प्राप्त गरी दोस्रो स्थानमा र आरजु राणा देउवाले नौ सय एक मत प्राप्त गरी तेस्रो स्थानमा अग्रता पाएकी छिन् । 

OM Sai Pathibhara Hospital

यसैगरी, अम्बिका बस्नेत आठ सय ११ मतसहित चौथो, ईश्वरी न्यौपाने सात सय ८६ मतसहित पाँचौ र सरिता प्रसाईं सात सय ६८ मतसहित छैठौं स्थानमा अग्रता पाएकी छिन् । 

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य महिला खुलातर्फ ९ पदका लागि ३० जना प्रतिस्पर्धी रहेका छन् ।