काठमाडौँ / नेकपा एमालेका सांसदहरूको विरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू आसनबाट उठेर विरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसूची हटाएको जानकारी गराउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

नेकपा एमालेले माधवकुमार नेपाललगायत पार्टीले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै गत भदौ २३ यता लगातार संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएको छ ।