इटहरी / नेकपा एकीकृत समाजवादीले पूर्विक्षेत्रको हवका रुपमा रहेको इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालनमा ल्याएको छ ।

नेकपा एस इटहरीका इन्चार्ज केवल फुँयालका अनुसार आधारभुत वर्गमा कम्युनिष्ट पार्टीको संगठन निमार्णसगै इटहरी उपमहानगर क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान सञ्चालनमा ल्याइएको 

OM Sai Pathibhara Hospital

इन्चार्ज फुयालले भने गाउटोलमा बसोबास गर्ने सवै तह र तप्का समुदायको नेकपा एसमा आवद्ध हुने ठुलो सख्याँ रहेकाले अभियान अन्र्तगत एक घर एक सदस्य बनाएर सबैलाई पार्टीको विभिन्न तहमा जिम्मेवारी दिन थालिएको हो ।

फुँयालका अनुसार इटहरीमा पार्टीको चुनाव चिन्ह् सवै जनतासम्म पु¥याउन हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालन गरिएपछि दैनिक सयौँको सङ्ख्यामा टोल वस्तीका स्थानियहरु पार्टीमा समावेश भई सङ्गठित हुन थालेका छन्।

नेकपा एस इटहरीका अध्यक्ष गणेश बुढाथोकीका अनुसार इटहरी क्षेत्रमा विद्यार्थी, युवा, महिला, मजदुर, खेलाडी, किसान, बुद्धजीवी, व्यापारी, दलित, मधेशी, मुस्लिम लगायत सबै वर्गको प्रतिनिधित्व हुने गरि संगठन निमार्ण अभियान सञ्चालनमा ल्याएपछि नेकपा एसमा आवद्ध हुनेको सख्याँ बढदै गएको छ ।

अध्यक्ष बुढाथोकीका अनुसार विभिन्न राजनीतिक दल परित्याग गर्ने र एमालेबाट विद्रोह गरि नेकपा एसमा आउने दैनिक सयौजना भएकाले सबैलाई विभिन्न जनवर्गीय संगठन र पार्टीको टोलदेखि माथिल्लो कमिटीसम्म व्यवस्थापन गरि जिम्मेवारी दिने गरिएको छ ।

यसैगरी इटहरी उपमहानगर १४ नं वडामा सुघनी चौधरीको अध्यक्षतामा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रूपा मेहता, सितल पासवान सचिव सञ्जय पासवान, उपसचिव सन्तोषी पासवान र सावित्री दाहाल आर्थिक विभाग प्रमुख लक्ष्मी नेवार रहेका छन । यसैगरी कमिटीको सदस्यहरूमा ज्योती चौधरी, बविता पासवान, माया तामाङ, जिरीमाया तामाङ, राजु पासवान, रेखा पासवान, देवकुमारी चौधरी, राधादेवी पासवान, अजय पासवान, चरणवत्ती चौधरी, चन्द्रकला पासवान, कन्की चौधरी र सक्कल पासवान रहेका छन ।