झापा / गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । ९९ सय जना उम्मेद्वार मध्ये लामा ३२ औँ स्थानमा पर्न सफल भए ।

OM Sai Pathibhara Hospital

गुण्डा नाइकेको छवि भएका लामा विजय गच्छदार गृहमन्त्री रहेकै समयमा उनको संरक्षण पाउन उनको नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरेका थिए । लगतै गच्छदारले उनलाई पाटीमा केन्द्रीय सदस्य बनाए ।  

२०७४ सालमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक एकीकरण भएको थियो । त्यसपछि उनी गच्छदारसँगै नेपाली कांग्रेसमा क्रियासिल भए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका हुन्  ।

कांग्रेस प्रवेश गरेपछि लामालाई कांग्रेसले काभ्रे क्षेत्र नं.(ख) बाट वाग्मती प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । उनीमाथि रक्तचन्दन तस्करीदेखि फिरौती र ठेक्कापट्टा असुलीसम्मको कारोबारमा संलग्न भएको प्रहरीको आरोप छ ।

पटक–पटक हिरासत बसेका उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धिकरणले समेत मुद्दा लगाएको थियो ।

लामालाई गुन्डा नाइकेबाट नेताको छवि बनाउन गच्छदारको ठुलो योगदान छ। 

त्यसवेला लामा गृहमा गएर गृहमन्त्रीको सचिवालयमा बस्न थालेपछि आलोचना हुँदा रत्नाकर वाल्मीकि भएजस्तै आफूले लामालाई सुधार्न पार्टीमा ल्याएको दाबी गरेका थिए।