काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई आग्रह गरेकी छिन् ।
शनिबार काठमाडौँको क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतको खपट बढाउन सबैलाई आग्रह गरेकी हुन् ।
मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताइन् । उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महसुल दर समेत घटाएको बताइन् ।
भुसालले भनिन्, ‘आफ्नै देशको जलस्रोत हो । यसबाट उत्पादित भएको विजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँछु । र ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस् भनेर अपिल गर्न चाहन्छु ।’