झापा  / जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका –४ का ४२ वर्षीय विष्णु प्रधान श्रेष्ठ रहेका छन् । 

OM Sai Pathibhara Hospital

पुनरावेदन अदालत, इलाम इजलासले २०६६ साल असार ३० गते उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । 

अदालतको फैसला पश्चात फरार भएका उनलाई १२ वर्ष पछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।