काठमाडौं / मुन्द्रेको कमेडी क्लब बन्द भएपछि हास्य कलाकार जीतु नेपालले फेरि रियालिटि शो ल्याउने भएका छन् ।
केही समय अघि पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका जीतुले नयाँ शो ल्याउन लागेका हुन् ।

शोको तयारी अन्तिम चरणमा पुगेको जितुले बताएका छन् । उनले भने, ‘‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ । अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ ।’
यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको उनले सुनाए ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै उनले केही अगाडि बन्द गरेका थिए ।