काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्र क्लस्टरबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन् । 

देउवा प्यानलबाट उम्मेद्वार बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवनबहादुर शाहीलाई पराजित गर्दै डा. शेखर प्यानलका पाण्डे विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

पार्टी कार्यालय सानेपामा भर्खंरै सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार पाण्डेले २ हजार ४११ मत पाएका छन् भने, शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गरेका छन् यस्तै तेस्रो स्थानमा देखिएका चेतराज बजालले ९९ मत ल्याएका छन् ।

त्यस्तै थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।
उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।

यसअघि मुस्लिम र खसआर्य तर्फबाट क्रमशः फरमुल्लाह मन्सुर र किशोर सिंह राठौर निर्वाचित भएका थिए । मन्सुर र राठौर दुबै संस्थापन पक्षका उम्मेदवार हुन्।