काठमाडौँ / नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फबाट किशोरसिंह राठौर र मुस्लिम तर्फबाट फमुल्लाह मन्सुर निर्वाचित भएका छन् । 

शुक्रबार सकिएको मतगणनामा खसआर्यतर्फबाट देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् भने, मुस्लिमतर्फबाट सहमहामन्त्रीमा उम्मेद्वारी दिएका शेख वकिललाई पराजित गर्दै फमुल्लाह निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

देउवा प्यानलबाट खसआर्यतर्फ सहमहामन्त्रीमा उम्मेद्वारी दिएका किशोरसिंहले २५७६ मत पाए भने डा. शेखर प्यानलबाट उम्मेद्वारी दिएका देवराजले २५५९ मत प्राप्त गरेका थिए । 

त्यस्तै मुस्लिमतर्फको सहमहामन्त्रीमा पनि शेखर प्यानलबाट उम्मेद्वारी दिएका शेख वकिललाई पराजित गर्दै देउवा प्यानलका परमुल्लाह विजयी भएका छन् । 

फरमुल्लाहले २७७६ मत ल्याए भने शेखले १८७१ मत प्राप्त गरेका थिए ।

यसअघि बिहीबार महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे निर्वाचित भइसकेका छन् ।