काठमाडौँ  / नेकपा एमालेले पार्टी कार्यालय सार्ने भएको छ । तीन महिना भित्रमा एमालेले आफ्नो पार्टी कार्यालय थापाथलीबाट च्यासलमा सार्ने भएको हो । 

बल्खुमा रहेको एमालेको कार्यालय भुकम्पका कारण ध्वस्त भएपछि थापाथलीमा सारिएको थियो ।

OM Sai Pathibhara Hospital

हालको कार्यालय अपर्याप्त भएकाले नयाँ भवन निर्माण नभएसम्म कार्यालय अस्थायी प्रबन्धका लागि तुल्सीलाल स्मृति भवन च्यासलमा सार्न लागिएको बताइएको छ । 

तुल्सीलाल स्मृति भवन च्यासलमा केन्द्रीय कार्यालय सञ्चालन गर्नेगरी ५ वर्षको लागि प्रतिष्ठानसँग सम्झौता भैसकेको एमालेले जनाएको छ । 

तुलसीलाल स्मृति प्रतिष्ठानको उक्त भवनको मर्मत/सम्हार तथा पुनः व्यवस्था गरी ३ महिनाभित्र सबै कार्यालय सारिसक्ने एमालेको कार्ययोजनामा छ ।