काठमाडौँ / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावमा सहमहामन्त्रीको मतगणना सुरु भएको छ । 

पार्टी कार्यालय सानेपामा शुक्रबार बिहान ११ बजेपछि खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएका क्षेत्रको मतगणना सुरु भएको हो ।

OM Sai Pathibhara Hospital

आठ सहमहामन्त्रीमध्ये तीन महिला, जनजाति र दलित सहमहामन्त्रीको मत परिणाम आइसकेको कांग्रेस निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए ।  

रावलका अनुसार महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । 

खस आर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठोर र शेखर कोइराला प्यानलबाट देवराज चालिसे, मधेसी क्लष्टरबाट देउवा प्यानलबाट महेन्द्र यादव र कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन् ।

यस्तै थारु क्लष्टरबाट देउवा समूहका उमाकान्त चौधरी र कोइराला समूहका तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् ।

यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा देउवा समूहका जीवनबहादुर शाही, कोइराला समूहका बद्री पाण्डे र निधि समूहका चेतराज बराल उम्मेदवार छन् ।

१४ औं महाधिवेशनबाट अहिलेसम्म कांग्रेसका ८ जना पदाधिकारी निर्वाचित भइसकेका छन् ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् भने, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ निर्वाचित भएका छन् । यस्तै महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।