काठमाडौं / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको चुनावमा महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । 

गत आइतबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा र शर्मा विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी  ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका छन् भने देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार दिएका शर्माले १९८४ मत प्राप्त गरेका छन् । 

प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । त्यस्तै प्रदीप पौडेल १४०९, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानल र कार्की विमलेन्द्र निधिको प्यानलको उम्मेदवार हुन् । 

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन । 

त्यस्तै उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र डा. शेखर कोइराला प्यानलका धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।