काठमाडौँ /  रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजिनामा दिने घोषणा गरेका छन् । 

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिएका रिजालले आफू हार्ने पक्का भएपछि राजीनामा दिने घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनले समाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । उनेले लेखेका छन्, –‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।’

महामन्त्रीको अन्तिम मत परिणाम प्राप्त हुनासाथ आफूले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उनले बताए । 

अहिलेसम्म २८२० मत गन्दा गगन थापा १८४२ र विश्वप्रकाश शर्मा ११४७ मतसहित अगाडि रहेका छन् भने प्रकाशशरण महत ९३५ मतसहित तेस्रो स्थानमा छन् । 

त्यस्तै प्रदीप पौडेल ८४२ मतसहित चौथो स्थानमा छन् भने मीनेन्द्र रिजाल ८४० मतसहित पाँचौ स्थानमा छन् ।  अन्तिममा राजाराम कार्कीले ६७ मत प्राप्त गरेका छन् ।