झापा / नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

१०७५ मत गन्दा गगनले ६७३ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ४३४, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मीनेन्द्र रिजालले १९४ र राजाराम कार्कीले ३८ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र डा. शेखर कोइराला प्यानलका धनराज गुरुङले जित हात पारेका छन् ।