काठमाडौं  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको चुनावको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता रहेको छ । 

पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ९०० मत गन्दा थापाले ५५९ मत ल्याएका छन् भने उनका प्रत्यासी विश्वप्रकाश शर्माले ३५७ मत पाएका छन् ।

OM Sai Pathibhara Hospital

प्रदीप पौडेलले ३००, प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र डाक्टर राजाराम कार्कीले ३१ मत पाएका छन् ।

यसअघि सभापति र उपसभापतिको मत गणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा डा. शेखर कोइराला पक्षका धनराज गुरुङ र देउवा पक्षका पूर्णबहादुर खड्काले जित हात पारेका छन् ।