एजेन्सी  / जर्मन युवा फरवार्ड करिम डेभिड एडियमीले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका छन् ।पछिल्लो समय अष्ट्रियन क्लब रेडबुल साल्जवर्गका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका १९ वर्षीय करिमले बार्सिलोनाको प्रस्तावलाई अस्वीकार गरेका हुन् ।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको बार्सिलोना टोली निर्माणको संरचनामा जुटेको छ । करिम पनि बार्सिलोनाको नजरमा रहेका थिए ।उनले अष्ट्रियन क्लब साल्जवर्गपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्ने मनसाय बनाएको बुझिएको छ । एडियमीलाई अनुबन्ध गर्न जर्मन क्लब बायर्नसँगै इंग्लिस क्लब लिभरपुलले पनि चासो देखाएको छ ।

OM Sai Pathibhara Hospital

एडियमीले यो सिजन अष्ट्रियन बुन्डेसालिगामा १८ खेल खेल्दा १४ गोल गरिसकेका छन् । जर्मनीको उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट तीन खेल खेलिसकेका एडियमीले एक गोल गरिसकेका छन् ।

डर्टमुन्डमा युवा खेलाडीले धेरै अवसर पाउने कारण पनि उनले त्यसतर्फ आफ्नो ध्यान बनाएका छन् । हाल डर्टमुन्डमा उत्कृष्ट प्रदर्शन गरिरहेका एर्लिङ हालान्डले क्लब छाड्ने चर्चा चलेसँगै करिमले उनको स्थान लिने सम्भावना छ । हालान्डले पनि साल्जबर्गबाट डर्टमुन्ड आउने निर्णय गरेका थिए ।