काठमाण्डौ / नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा अवरोध गरेर एमसीसी सम्झौता अनुमोदन गर्न खेल खेलेको हनसक्नेमा शंका व्यक्त गरेका छन् ।  आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाउँदै नेता रावलले एमसीसी सम्झौता अनुमोदन गर्ने खेल भएको हुन सक्ने बताएका हुन् ।

‘सरकारका कामकारवाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ?  सामाजिक सञ्जालमा रावलले लेखेका छन्, ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ’ उनले यस्तो गरियो भने राष्ट्रघात ठहर्ने समेत बताएका छन् ।

OM Sai Pathibhara Hospital

नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा विरोध जनाउँदै आएको छ । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित भएको छ ।