बिर्तामोड / नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङले आफ्नो जितलाई कांग्रेसभित्रको रुपान्तरण प्रक्रियाको रुपमा लिएको बताएका छन् ।

जितपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले अग्रजसँग प्रतिष्पर्धा गरेको हुँदा अग्रजप्रति सम्मान गर्दै युवाप्रति जिम्मेवारी आएको महसुस गरेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

१४ औं महाधिवेशनबाट मिश्रित परिणाम आएको हुँदा यसले पार्टीलाई एक बनाउने र अन्य पदमा पनि परिणाम मिश्रित नै आउने उनको विश्वास छ । अब कांग्रेस पुराना नेतृत्वको अनुभव र नयाँको ऊर्जाले चलाउने समय आएको उनको भनाइ छ ।

अब नेपाली कांग्रेस विगतमा जस्तो ४०९६० को भागबण्डामा नचल्ने समेत उनले दाबी गरे । उनले भने, ‘यो मेरो भनाइ मात्र होइन, हामीले भन्दै आइरहेका छौं । पार्टीमा भागबण्दाको हिसाब हुन दिने छैनौं ।’