काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर नै माघ १९ को घटना भएको बताएका छन् । 

सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित ४४ जनालाई बुधबार शपथ ग्रहण गराउने क्रममा उनले यस्तो बताएका हुन्। 

OM Sai Pathibhara Hospital

उनले सम्बोधनको क्रममा भने, –‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो, के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्यो नि ।’

उनले महान् जनयुद्ध भनेर दरबारसँगको सेटिङमा हजारौँ नेपालीको ज्यान लिइएको पनि आरोप लगाएका छन्। 

‘महान् जनयुद्ध भनेर युवा र जनतालाई उरालियो। युवाहरू ज्यान दिन तयार भए। युद्धमा होमिए। परिवर्तन भयो भनियो। तर हतियार कहाँबाट आए फर्केर हेर्न दिइएन’ उनले भने, ‘एउटा सेन्टिमेन्ट ल्याइयो । माओवादीलाई कसलाई हतियार दियो ? कसैले याद गरेनन्।’

उनले २०६० मा प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्रबीच ५ बुँदे सहमति नै भएको दाबी गरे। उनले भन, – ‘प्रचण्ड र ज्ञानेन्द्रबीच सहमति भएको थियो। २०६० मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डबीच भएको ५ बुँदे सहमति खोजौँ न। अरुलाई थाहा नभए उनीहरु जान्दछन् ।’