काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको उपसभापतिको मत गणना सुरु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य सुरु गरेको जनाएको हो । 

OM Sai Pathibhara Hospital

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजेबाट उपसभापतिका उम्मेदवारको  मतगणना सुरु भएको र उपसभापतिको मतगणना सकिएपछि मात्र अन्य उम्मेदवारको मत गणना गरिने निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

उपसभापतिमा ६ जना उम्मेदवार छन् । सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छेदार र पूर्णबहादुर खड्का, डा. शेखर कोइरालाको प्यानलबाट डा. चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंहको प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधिको प्यानलबाट दिव्यश्वरी साह उम्मेदवार छन् ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नल्याउँदा पुनः निर्वाचन भएको थियो । सभापतिको दोस्रो चरणको निर्वाचनको मत गणना गए राति सम्पन्न भएको थियो । 

सभापतिको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनमा कुल चार हजार छ सय २३ मत खसेकोमा देउवाले दुई हजार ७३३ मत प्राप्त गरेका थिए भने सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए । 

कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।