काठमाडौँ / नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका ४४ जनाले पद तथा गोपनियताको शपथ लिएका छन् । 

यही मंसिर २५ गतेदेखि भक्तपुरमा बसेको एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले मनोनित गरेका १० प्रतिशत सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) शपथ खुवाएका हुन् ।

OM Sai Pathibhara Hospital

एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं, अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर, भूगोलबाट छुटेका पर्वतका पदम गिरीसहित ४४ जनाले स्मृति प्रतिष्ठान च्यासल पुगेर शपथ ग्रहण गरेका हुन् ।

त्यस्तै चितवनमा छुटेका एमाले नेता विशाल भट्टराई र युवा संघका पूर्वअध्यक्ष रमेश पौडेलले पनि केन्द्रीय सदस्यको शपथ लिएका छन् । केन्द्रीय समितिमा मनोनित हुने ४४ जनामध्ये ७ जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेका र ३७ जना नयाँ सदस्य छन्  

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ । 

मनोनित हुने अरुमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र ​विषमलाल अधिकारी रहेका छन् । 

त्यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की मनोनित भएका छन् ।