झापा / शिक्षक सेवा आयोगले माध्यमिक तहमा एक हजार पाँच सय ६५ जना शिक्षकको लागि विज्ञापन आव्हान गरेको छ । आयोगले सूचना निकालेर विज्ञापन आव्हान गरेको हो । 

आयोगले खुला, महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रका उम्मेदवारको लागि पनि कोटा तोकेर विज्ञापन गरेको हो । 

OM Sai Pathibhara Hospital

नेपालीका लागि २ सय ३१, अंग्रेजीका लागि ३१२, गणित २८९, विज्ञान ४३५, सामाजिक २०१ र अर्थशास्त्र विषयका लागि १० जनाको लागि विज्ञापन गरिएको आयोगले जनाएको छ । 

यस्तै कार्यलय सञ्चालन तथा लेखा विषयको लागि ५१ जना, शिक्षाको लागि एक, शुक्लयजुर्वेदमा दुई, स्वास्थ्यमा दुई, संस्कृत व्याकरणको लागि २, संस्कृत भाषाको लागि तीन, संस्कृत साहित्यको लागि एक, कम्प्युटर विज्ञानको लागि ६ र न्याय विषयको लागि एक जना शिक्षक विज्ञापन खुला भएको हो । 

परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ । तर, दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ । 

परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पहिलो चरणको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।