काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

प्रचण्डले बुधबार बिहान देउवालाई बधाई दिएका हुन् ।  अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिएको उनको सचिवालयले जनाएको छ ।