काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यको मत गणना (बुभवार)आजै सुरु हुने भएको छ। १४औं महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम परिणाम घोषणा गरेसँगै आज दिउँसोबाट बाँकी मत गणना थालनी गरिने भएको निर्वाचन आयोगका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । 

अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ। मत गणना सानेपामा गर्ने तयारी छ। सात दिनभित्रै सबैको परिणाम घोषणा गर्ने तयारी रहेको आयोगले जनाएको छ । 

OM Sai Pathibhara Hospital

महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भैसकेका छन्।  सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्।