काठमाडौं  / नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशन अन्तर्गत आज(बुधवार) विहान सकिएको मतगणनाको परिणाम अनुसार देउवा सभापति निर्वाचित भएका हुन्

मंगलबार भएको मतदानमा चार हजार ६२३ मत खसेको थियो । जसमा शेरबहादुर देउवाले २ हजार ७३३ मत प्राप्त गरेका छन् । त्यसैगरी सभापतिमा पराजित डा.शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका छन् ।  कोइराला ८७८ मत अन्तरले पराजित भएका हुन् । मतदान अधिकृत सुनील पाण्डेले दिएको जानकारी अनुसार २५ मत बदर भएको  छ । 

OM Sai Pathibhara Hospital

मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह पुगेका छन् । उनले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरेका छन् ।