काठमाडौँ  / नेपाली कांग्रेसका सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जस्तो सुकै परिणाम आएपनि स्वीकार गर्ने बताएका छन्  । दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टा अघिमात्रै पत्रकार सम्मेलन गर्दै उनले निर्वाचनमा जस्तो सुकै परिणाम आएपनि स्वीकार गर्ने बताएका हुन् । 

डा.कोइरालाले मतदातालाई अन्तरआत्माको निर्णय प्रयोग गर्न आग्रह समेत गरेका छन् । पार्टीको जारी महाधिवेशनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत भोट नल्याएपछि अहिले केही बेरमा सभापति पदमा पुन मतदान हुँदै छ ।

OM Sai Pathibhara Hospital

सभापति पदका उम्मेदवार प्रकाशमान सिंह र बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गरेपछि डा. कोइराला अल्पमतमा पर्ने निश्चित भएको छ ।