काठमाडौँ / गायक साजन तामाङको गीत ‘आधा अधुरो’ को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

प्रेमील शैलीको गीतमा  डिपी खनाल शब्द, सुरज कालाखेतीको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ । 

OM Sai Pathibhara Hospital

गीतको भिडियोमा युवा युवतीको प्रेम र आकर्षण प्रस्तुत गरिएको गरिएको छ । भिडियोमा गायक तामाङ र बिना राउतको अभिनय देख्न सकिन्छ ।

गोदावरीका आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोमा राजिव क्षेत्रीको छायांकन, नवीन निरौलाको सम्पादन रहेको भिडियोमा सुबोल थापाको कोरियाग्राफी र निर्देशन रहेको छ ।