बिर्तामोड / मधेशको राजनीतिमा स्थापित नेता एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आज नयाँ दलको घोषणा गर्ने भएका छन् । त्रिपाठीले छुट्टै दल बनाउने भएपछि मधेशको राजनीतिमा अर्को प्रतिस्पर्धी दल समेत थपिने भएको छ ।

उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन् । आज काठमाडौंमा एउटा कार्यक्रम गरेर उनले नयाँ पार्टीको घोषणा गर्ने कार्यक्रम रहेको छ । त्रिपाठीको पार्टीमा अर्का सांसद बृजेशकुमार गुप्ता पनि रहेको भनिएपनि अन्य नेताको विवरण भने सार्वजनिक भएको छैन ।

२०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । गुप्ताले पनि एमालेकै सूर्य चिन्हमा कपिलवस्तुबाट चुनाव जितेका थिए ।

यी दुबै जना कानुनी रूपमा एमाले सांसद भए पनि उनीहरू पार्टीका गतिविधि सक्रिय थिएनन् । उनीहरूले स्वतन्त्र राजनीतिक समूहका नाममा काम गर्ने गरेका थिए ।

तत्कालीन तमलोपामा रहेका त्रिपाठीले २०७४ को चुनाव अगाडि सो पार्टी त्यागेका थिए । एमालेकै चुनाव चिन्हमा चुनाव जितेका त्रिपाठी एमालेमै सामेल हुने चर्चासमेत भएको थियो । तर, उनले आफ्नै नेतृत्वमा नयाँ दल स्थापना गर्न लागेका हुन् ।

मधेश आन्दोलनपछि स्थापित बनेका जसपा , लोसपा र सिके राउत नेतृत्वको पार्टीसँगै अर्को नयाँ दल समेत बन्ने भएपछि आगामी निर्वाचनमा प्रतिष्पर्धा समेत रोचक हुने भएको छ । त्रिपाठी पनि मधेशमा स्था