झापा / एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका छन् ।
ओलीले बैठकमा दुर्गा प्रसाईँ, लालबाबु पण्डितसहित ३९ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरूमा एन महर, इन्द्रमोहन गौतम, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, रेशम लामा, प्रेम दंगाल र हरिकृष्ण व्यञ्जनकार रहेका छन् ।
त्यस्तै सुवास देवकोटा, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राणा, सविता यादव र तारादेवी गुरुङलाई केन्द्रीय सदस्य बनाउन ओलीले प्रस्ताव गरेको हुन् ।
गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी बैठकमा आजै स्थायी समिति र पोलिटब्युरो गठनका लागि अध्यक्ष ओलीले नाम प्रस्ताव गर्नेछन् ।
एमालेको विधान अनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ ।






































