काठमाडौँ /  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्र्तगत सभापति पदमा उम्मेद्वार दिएका युवराज न्यौपानेले उम्मेद्वार फिर्ता लिएसँगै सह–महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  

अहिलेसम्म एक सभापति, एक सह–महामन्त्री र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिएका पार्टीको केन्द्रीय समितिले जनाएको छ । 

उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२:३० बजेसम्म निर्धारण गरिएको थियो । 

महाधिवेशनमा ६ जना सभापति सहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । 

नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ ।