काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदमा उम्मेद्वारी दिएका युवराज न्यौपानेले उम्मेद्वारी फिर्ता लिएका छन् ।
सभापतिका अर्का उम्मेद्वार डा. शेखर कोइरालालाई समर्थन गर्दै न्यौपानेले आइतबार दिउँसो आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।
आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरूलाई शेखर कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता गरेपछि उम्मेद्वारी फिर्तालिएको न्यौपानेको भनाइ छ ।
न्यौपानेको उम्मेदवारी फिर्तासँगै कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ छन् ।






































