काठमाडौँ / काठमाडौँ विश्वविद्यालय (केयू) ले वरिष्ठ शिक्षासेवी स्वर्गीय रामानन्द मिश्रलाई मरणोपरान्त प्रतिष्ठित ‘केयू–ओरेसन २०२१’ सम्मान प्रदान गरेको छ। 

शनिबार विश्वविद्यालयको ३० औं वार्षिकोत्सवको अवसर पारेर आयोजित एक विशेष समारोहकाबीच वरिष्ठ शिक्षासेवी स्व. मिश्रलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो। 

उक्त विश्वविद्यालयले  स्थापना र विकासमा संलग्न रहेर, शैक्षिक र प्रशासनिक क्षेत्रमा कार्यरत रही महत्त्वपूर्ण समय प्रदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरूलाई सन् २०१४ बाट केयू परिसरको सम्मानबाट वार्षिक रुपमा सम्मान गर्दै आएको छ । जसअनुसार यो वर्ष उक्त सम्मान मिश्रलाई प्रदान गरिएको हो। 

काठमाडौं विश्वविद्यालय स्थापनामा स्रहानीय योगदान पुर्‍याएका कारण मिश्रलाई मरणोपरान्त सम्मान प्रदान गरिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले जानकारी दिए। मिश्रको आठ महिनाअघि निधन भएको थियो ।