काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन हाउस प्यालेसमा सुरु भएको छ ।
बैठकमा स्थायी समिति र पोलिटब्युरो गठनसहित अन्य एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । १५ एजेन्डामाथि छलफल गर्न बोलाएको एमालेले शनिबार नौ एजेण्डामा छलफल गरेको थियो ।
एमाले विधानअनुसार १९ जना पदाधिकारीसहित ४५ सदस्यीय स्थायी र ९९ सदस्यीय पोलिटब्युरो बनाउने तयारी छ ।
शनिबारको बैठकले २३ पुसमा जिल्ला अधिवेशन, माघ ८ मा प्रदेश अधिवेशन र फागुन मसान्तभित्र सबै जनसंगठन अधिवेशन गर्न निर्देशन दिएको छ ।






































