काठमाडौं  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि संस्थापन पक्षका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

ढुंगाना र रिजाल दुबै जनाले प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । 

कांग्रेसको महाधिवेशनअन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरूको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ ।