काठमाडौँ  / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति शेरबहादुर देउवाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ।

देउवा प्यानलबाट उप–सभापतिमा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन्, भने महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।

OM Sai Pathibhara Hospital

यस्तै सह–महामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङदेम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।

उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका हुन् । 

यस अगाडि सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ, युवराज न्यौपाने, डा. शेखर कोइराला र विमलेन्द्र निधिलले पनि मनोनयन गरिसकेका छन् ।