काठमाडौँ / भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री तथा त्रिणमुल कांग्रेसकी अध्यक्ष ममता बनर्जीलाई नरेन्द्र मोदीले नेपाल भ्रमणमा रोक लगाएका छन् । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा अतिथिको रुपमा नेपाल आउन लागेकी मुख्यमन्त्री बनर्जीलाई मोदीले आउन नदिएको भारतमा त्रिणमुल कांग्रेसकाे आरोप छ ।  

OM Sai Pathibhara Hospital

खुला सीमा रहेको कारण नेपाल भ्रमण गर्न भारतीय नागरिकलाई भिसा नलाग्ने भए पनि मुख्यमन्त्रीले भने विदेश भ्रमण गर्दा केन्द्र सरकारबाट अनुमति लिनुपर्ने कार्यविधि रहेको छ ।

बनर्जी नेपाल आउने अन्तिम तयारीमा रहेको बेला विदेश मन्त्रालयले उनलाई पत्र पठाउँदै रोक लगाएको बंगालका मन्त्री तपस रोयले भारतीय टेलिभिजन हिन्दुस्तान टाइम्ससँग भनेका छन् । 

उनले भनेका छन, –‘मार्च–अप्रिलको विधानसभा र त्यसपछिको उप निर्वाचनमा पराजित भएपछि भारतीय जनता पार्टी (बिजेपी) निकै प्रतिशोधी भएको छ । उनीहरू ममता बनर्जीको लोकप्रियताको ईर्ष्या गर्छन् ।’