काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दर्ता गराएका छन् । 

संस्थापन पक्षबाट सहमहामन्त्री बन्न सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावलाई नकार्दै शर्माले सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दर्ता गराएका हुन् । 

OM Sai Pathibhara Hospital

यसअघि शर्मा सभापतिका उम्मेद्वार शेखर कोइरालाको टिममा जाने भनिएको थियो । तर, कोइरालाको टिममा गगन थापा र मिनेन्द्र रिजालले ठाउँ ओगटेपछि उनी सिंहको प्यानलमा मिसिन पुगेका छन् । 

सिंहको प्यानलले पञ्जेबाजासहित उम्मेदवारी दर्ता गर्न गएका छन् ।

कांग्रेस विधानमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री निर्वाचित हुने र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । 

केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १र१ महिलासहित २१ जना आउने छन् ।