काठमाडौँ / कांग्रेस केन्द्रीय सदस्य गगन थापाले एमाले अध्यक्ष केपी ओलीलाई जवाफ फर्काएका छन् । 

ओलीले कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा थापालाई लक्षित गर्दै ‘एमालेको समृद्ध नेपाल, सुखी नेपाली को अभियान कपी गरेको अभिव्यक्ति दिएका थिए । 

OM Sai Pathibhara Hospital

‘आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसन्ध्यामा स्नेही कांग्रेस जनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुसी लाग्यो । 

तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ,’ थापाले ट्विटरमा भनेका छन् । 

उनले २०७२ सालमा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमै कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ, नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रूपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको स्मरण गराएका छन् ।