काठमाडौँ / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा आफ्नो दाबेदारी कायमै रहेको बताएका छन् ।

उनले संस्थापन पक्षको प्यानलमा नपरे पनि  महामन्त्रीको उम्मेदवारीबाट ‘ब्याक’ नहुने बताए । 

OM Sai Pathibhara Hospital

शर्माले भने, – ‘संस्थापनको टिममा परिनँ। तर, महामन्त्रीमा लड्ने पक्का हो। टिम अहिले फाइनल भइसकेको छैन ।’

संस्थापन समूह शेरबहादुर देउवाको प्यानलले महामन्त्रीका लागि प्रकाशशरण महत र प्रदीप पौडेललाई अगाडि बढाउने तयारी गरेको छ। महत संस्थापननिकट हुन् भने पौडेल नेता कृष्णप्रसाद सिटौलानिकट छन्।

संस्थापनबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता शर्मा, एनपी साउदलगायतका नेताहरू महामन्त्रीका लागि आकांक्षी थिए।