काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायकेलाई नियुक्त गरेको छ ।
शनिबार बिहान बसेको बोर्ड बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ ।

२०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दसानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको ट्वान्टी –२० विश्वकप खेलेको थियो । जुन नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो उपलब्धि थियो।
अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ प्रशिक्षकका लागि आवेदन खुलाएको थियो ।
नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिएको र त्यसबाट सर्टलिस्टमा १५ जनालाई छनोट गरिएको थियो ।
छनोट गरिएकाबाट पाँच जनाको अन्तर्वार्ता लिइएको थियो । तर, क्यानले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदुलाई नियुक्त गरेको हो ।