काठमाडौं  / नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । 

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भृकुटिमण्डपमा शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएसँगै गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । 

OM Sai Pathibhara Hospital

कांग्रेस निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ। सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो व्यक्ति हुन्। गुरुङ केन्द्रीय सदस्य हुन् ।

यस्तै सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।