इलाम / इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको लागि माई नगरपालिका सुखानी र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारत बिच प्रतिस्पर्धा हुने छ । 

आज सम्पन्न सेमीफाइनलको खेलमा बिजयी बन्दै सुखानी र मानेभञ्ज्याङ उपाधि होडमा प्रवेश गरेका हुन् । 

OM Sai Pathibhara Hospital

सेमीफाइनल खेलमा सुखानीले रेडहर्स फुटबल क्लब इलाम र मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान २–० गोल अन्तरले पराजित गरेको थियो । 

पहिलो सेमिफाइनल खेलमा सुखानीको जीतको लागि दोश्रो हाफको पहिलो मिनेटमा विक्रम तामाङले अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा सौगात गोम्देनले गोल गरेपछि सुखानी फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच विक्रम तामाङ घोषित भए । 

मानेभञ्ज्याङको जितका खेलको २० औ मिनेट र इन्जुरी समयमा सुराग क्षेत्रीले गोल गरे । खेलको म्यान अफ दि म्याच सुराग घोषित भए । 

माईजोगमाई गाउँपालिका –१ नयाँबजारको बालागुरु खेलमैदानमा सञ्चालनमा रहेको प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहेको थियो । 

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । विधागत रुपमा समेत खेलाडीहरूले पुरस्कार पाउने छन् । 

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषदले गत मंसिर २१ गतेबाट प्रतियोगिताको आयोजना गरेको हो ।