काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेताहरूले पूर्ण रुपमा जनताको विश्वास गुमाएको बताएका छन् । 

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले अहिले नेताहरूले जताको  विश्वास गुमाएको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

लिङ्देनले भने, –‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठीक लगाउने कसले ? राजनीतिले । राजनीतिलाई कसले ठीक लगाउने ? नेताहरूले । तर अहिले नेताहरूले पूर्ण रूपमा विश्वास गुमाएको अवस्था छ ।’

अहिले नेताहरू गाउँमा जाँदा जनताहरूले चोरको संज्ञा दिने गरेको समेत बताएका छन् ।