काठमाडौं / नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी बनेकी नम्रता श्रेष्ठ प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेकी छन् । 

उनी हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियाका प्रतियोगीलाई हराउँदै ३० भित्र आफ्नो नाम सुरक्षित गर्न सफल भएकी हुन् ।

OM Sai Pathibhara Hospital

अन्तिम ३० मा नेपाल सहित पाराग्वे, क्यामरुन र फिलिपिन्सलगायतका प्रतियोगी प्रवेश गरेका छन् । 

अमेरिकी राज्य पुएर्तो रिकोमा भैरहेको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा डिसेम्बर १६ मा आयोजना हुँदैछ ।