काठमाडौँ  / भारतीय जनता पार्टी (भाजपा) का नेता हर्ष वर्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री पहिलो पटक देखेको बताएका छन् । 

नेपाली कांग्रेसको जारी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बर्धनले यति धेरै पूर्वप्रधानमन्त्री पहिलो पटक देखेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

एक अर्काको कार्याक्रममा नेताहरु उपस्थित भएको देखेर बताउँदै नेपालका राजनीतिक दलहरूको प्रशंसा गरेका छन् ।  

नेता वर्धनले भने, –‘नेपालमा एकै पटक धेरै प्रधानमन्त्रीहरूलाई मञ्चमा देख्दा खुसी लागेको छ । एउटै मञ्चमा यति धेरै पूर्व–प्रधानमन्त्रीहरु भारतमा पनि देखेको छैन ।’

कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालको सहभागिता रहेको छ ।