काठमाडौं / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं उपत्यकामा पाँच हजार बढी प्रहरी परिचालन गरिएको छ । 

महाधिवेशनलाई केन्द्रित गरी काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटा जिल्लाका लागि पाँच हजार भन्दा बढी प्रहरी खटाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

कुँवरका अनुसार महाधिवेशनको उद्घाटन समारोहस्थल भृकुटीमण्डप क्षेत्रमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार अघिल्ला दिनहरूको तुलनामा काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनहरूको संख्या बढेको छ । 

प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको, पैदल र मोबाइल गस्तीलाई पनि नियमित गरिएको शर्माले जानकारी दिए ।