काठमाडौँ / कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनस्थलमा मास्क अनिवार्य गरिएको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिइएको झोलामा १० वटा मास्क पनि उपलब्ध गराइएको छ ।

मास्क नलगाई आउनेलाई मास्क लगाउन आग्रह गरिने पनि शर्माले बताए । मास्क लगाएको र नलगाएको बारे प्रहरीले अनुगमन गर्ने पनि शर्माले बताए ।

१४ औं महाधिवेशनमा करिब ४६ सय प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ ।