काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिका लागि प्रचार सुरु गरेका छन्।

कोइरालाले १४ औँ महाधिवेशनमा सभापति पदका लागि बिहीबार अपरान्हदेखि ‘एक पटक यसै पटक‘ भन्दै  समाजिक संजालबाट प्रचार सुरु गरेका हुन् । 

OM Sai Pathibhara Hospital

संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापति पदका लागि आकांक्षी छन्। 

मङ्गलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटे पनि अहिले सम्म सहमति भने भएको छैन । 

तीनैजना आज पार्टीका सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन्। प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भएका हुन्।